काठमाण्डौ उपत्यकामा थपिए १०३७ कोरोना संक्रमित

२२ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १ हजार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाण्डौ जिल्लामा ८२३ , भक्तपुरमा ७३ र ललितपुरमा १४१ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शनिबार ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ रहेको छ।