काठमाण्डौ उपत्यकामा थपिए २०५७ कोरोना संक्रमित

२० जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा २ हजार ५७ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाण्डौ जिल्लामा १ हजार ६ सय ३०, भक्तपुरमा १२९ र ललितपुरमा २९८ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ७५ जनाको मृत्यु भएको छ।

त्यस्तै आज ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन्।