चौधरी उद्योगग्रामको बियर प्लान्ट र गोदाममा आगलागी

१९ जेष्ठ, काठमाण्डौ। पूर्वी नवलपरासीमा रहेको चौधरी उद्योगग्रामको बियर प्लान्ट र गोदाममा आगलागी भएको छ । देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो ।

उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताए । अहिले दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।

आगलागीबारे क्षतिको विवरण आउन बाँकी छ ।