उपत्यकामा थप १२६३ जनामा कोरोना संक्रमण पुष्टि

१७ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ८९०, भक्तपुरमा १२१ र ललितपुरमा २५२ जना संक्रमित थपिएका हुन्।

बितेको २४ घण्टामा देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ११४ जनाको मृत्यु भएको छ।