लगातार तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी

१४ जेष्ठ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् ।

त्यस्तै, थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।