काठमाण्डौ उपत्यकामा थपिए २ हजार ८२१ जना कोरोना संक्रमित

९ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप २ हजार ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाण्डौमा १ हजार ७६१, भक्तपुरमा ३६६ र ललितपुरमा ६९४ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९ सय १४ जना कोरोना संक्रमित थपिएका छन् भने २४ घण्टामा १९३ जनाको मृत्यु भएको छ।