देशभर आज थप ८९८० जनामा कोरोना पुष्टि, १२९ जनाको मृत्यु

८ जेष्ठ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८०६ जना रहेका छन् भने संक्रमण निको हुने दर ७५.८ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ भने निको हुने संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ ।