७ जेष्ठ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमित मृतकको संख्या ६ हजार २४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यससँगै नेपालमा संक्रमितको संख्या ५ लाख नाघेको छ ।
संक्रमितको संख्या ५ लाख १ हजार १०६ पुगेको छ जसमध्ये ३ लाख ७४ हजार ८३६ निको भएका छन् । अहिले १ लाख १६ हजार १९२ जना आइसोलेसनमा छन् ।
[sidebar name="button post"]











