अब आमाको नागरिकता भए वंशजका आधारमा नागरिकता पाइने मन्त्रिपरिषद बैठकको निर्णय

७ जेष्ठ, काठमाण्डौ।अब आमाको नाममामात्र नागरिकता भएकाहरुले वंशजका आधारमा नागरिकता पाउने भएका छन्।जनता समाजवादी पार्टीको मागअनुसार सरकारले निर्णय गरेको हो।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकको व्यवस्थाबारे निर्णय गरेको हो। यो निर्णयले खास गरी तराई क्षेत्रमा वंशजको नागकिरता पाउनबाट वञ्चितहरुले नागरिकता प्राप्त गर्नेछन्। मधेशवादी दलहरुले यो व्यवस्थाको माग गर्दै आएका थिए।

बिहीबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत नलिने बरु संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउनका लागि मार्गप्रस्सत गर्ने जानकारी गराएका थिए।