जेष्ठ १० गते नवराज विकको सम्झनामा प्रतिरोध दिवस मनाइँदै

४ जेष्ठ, काठमाण्डौ। बृहत् नागरिक आन्दोलनको ब्यानरमा जेठ १० गते प्रेम विरोधी जात व्यवस्थाको प्रतिरोध दिवस मनाइने भएको छ ।

गैर जातीय विवाहको विषयलाई लिएर गत वर्ष जाजरकोटका नवराज विश्वकर्मा र उनको पाँचजना साथीहरुको रुकुम पश्चिममा सामूहिक हत्या भएको थियो ।

जात व्यवस्थाको हिंस्रक चरित्र उजागर गर्ने त्यस हत्याकाण्डको प्रतिरोधी सम्झना गर्नेगरी जेठ १० मै प्रतिरोध दिवसको कार्यक्रम राखिएको बृहद नागरिक आन्दोलनले जनाएको छ ।

त्यस्तै यस दिवसका अवसरमा केही दिनअघिदेखि नै विभिन्न व्यक्तिहरुको कविता, कला तथा भिडियो अभिव्यक्ती भर्चुअल माध्यमबाट प्रवाह गरिनेछ ।