Ad #144479

२ जेष्ठ, काठमाण्डौ। कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ को दोस्रो डोज आजबाट प्रदान गरिने भएको छ। यस अघि पहिलो डोज लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर खोप लगाउन सकिने उल्लेख गरिएको छ। यसरी दोस्रो डोज लगाउन जानेहरुले पहिलो डोज लगाउँदा दिइएको खोप कार्ड साथमा लैजानु पर्ने वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार अनुसार चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाले जेठ २ गते, चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते, चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेठ ४ गते, बैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, बैशाख ५ र ६ गते खोप लगाएकाले जेठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन्।

यस्तै, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, बैशाख १३ गते पहिलो डोज लिएकाले जेठ ९ गते दोस्रो डोज लिन सक्नेछन्।बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेठ १० र बैशाख १५ गते खोप लिएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन्। पहिलो डोजको खोप लिएकाहरुले बिहान १० देखि ४ बजेसम्म नजिकको खोप केन्द्रमा गएर खोप लिन सक्नेछन्।

कोभिशिल्डलगाएका जेठ्ठ नागरिकहरुलाई भने खोप अभावमा दोस्रो मात्र दिइएको छैन । पहिलो लाइनमा खटिने अतिआवश्यक सेवाका करिव ३ लाखले खोपको दुवै मात्र लिएको मन्त्रालयले जनाएको छ ।