३१ वैशाख, काठमाण्डौ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको पहिलो खोप लगाउन इच्छुकहरुलाई अनलाइनमार्फत फाराम भर्न आव्हान गरेको छ । मन्त्रालयले केहि दिनअघि नै अनौपचारीकरुपमा सार्वजनिक गरेको वेबसाइट र एपमार्फत कोभिड १९ विरुद्धको खोप लगाउनेहरुलाई स्वेच्छाले फाराम भरेर जानकारी दिन भनेको हो ।
मन्त्रालयले आज प्रकाशित गरेको सूचनाअनुसार सो (http://vaccine.mohp.gov.np/) वेबसाइटमा फाराम १८ वर्ष नाघेका इच्छुक व्यक्तिहरुले भर्न सक्नेछन् ।
मन्त्रालयको सूचना व्यवस्थापन ईकाईद्धारा तयार पारीएको सो वेबसाइट वा एपमा हालसम्म खोप नलगाएका व्यक्तिहरुले आफ्नो बिबरणहरु तयार पार्न सक्नेछन् ।
त्यसरी फाराम भर्ने व्यक्तिहरुको पालिकास्तरमा समन्वयन र सहकार्य गर्न उपयोगी हुने मन्त्रालयले जनाएको छ ।
[sidebar name="button post"]









