२४ घण्टामा थप ८९६० जनामा कोरोना पुष्टि

३० वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८९६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २४ घण्टामा थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

[sidebar name="button post"]