लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी सिफारिस

२६ वैशाख, काठमाण्डौ। संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ । उनी प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र गौरादहवासी हुन् ।

फागुन २३ को विवादित सर्वाेच्च अदालतको निर्णयकर्ता न्यायधीश कुमार रेग्मीका सहोदर दाजु उनी लामो समय लोकसेवा आयोगमै बसेर काम गरेका हुन् ।

खोटाङको रावा दुबेकोलमा जन्मिएका रेग्मी ओलीको रुचि र चाहनामा कसरी परे भन्ने प्रश्नको जवाफ उनका भाइले लगाएको गुण मुख्य रहेको धेरैको बुझाई छ ।

[sidebar name="button post"]