२४ घण्टामा थप ३ हजार ३७० जना कोरोना संक्रमित संक्रमणमुक्त

२५ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३७० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।