Ad #144479

२४ वैशाख, काठमाण्डौ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेराम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद हाललाई सम्भव नभएको बताएको छ । नेपालले खरिद गरेको १० लाख डोज भने क्षमता विस्तार भएपछि क्षमता दिने कम्पनीले बताएको छ ।

सेरम इन्स्टिच्युट इन्डियाले क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेबित्तिकै खरिद गरिएको १० लाख डोज खोप दिने जानकारी गराएको स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल सरकारले भारतबाट ५० लाख डोज कोभिशिल्ड खोप खरिद गर्ने भनेपनि अब त्यो खोप आउने अवस्था नरहेको मन्त्रालयले जनाएको छ ।