२४ वैशाख, काठमाण्डौ। कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ६० जिल्लामा निषेधाज्ञा जारी गरिएको गृहमन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण दर तीब्र भएपछि ४७ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको गृहमन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार अहिलेसम्म ६० जिल्लामा निषेधाज्ञा जारी भएकामध्ये १३ जिल्लामा आंशिक, बाँकी ४७ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी छ ।
निषेधाज्ञाको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । निषेधाज्ञाको उल्लंघन गर्नेलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।












