Ad #144479

२३ वैशाख, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौ जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३९७२ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाण्डौमा बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा चार हजार ९७४ र भक्तपुरमा दुई हजार ९४५ जना सक्रिय संक्रमित रहेका छन् ।