Ad #144479

२३ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।