२२ वैशाख, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाण्डौमा ३ हजार ८ सय ४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ।












