२४ घण्टामा थप ७४४८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु

२० वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ३७ जनाको मृत्यु भएको छ ।

१६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ ।

[sidebar name="button post"]