१९ वैशाख, काठमाण्डौ। संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकाल र उनकी पत्नी इन्दिरा फूयाँलमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार पीसीआर परीक्षण गर्दा दुबै जनामा कोभिड पोजिटिभ देखिएको हो। अहिले उनीहरु निवासमै आइसोलेसनमा रहेका छन् । ढकालले आफूहरुलाई संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत् गराएका छन् ।
उनले ट्वीट गर्दै लेखेका छन्, ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ। धन्यवाद।’
आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ। धन्यवाद।
— Bhanu Bhakta Dhakal (@dhbhanu) May 2, 2021









