Ad #144479

१८ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यससँगै देशभर संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

यसअघि पहिलो लहरमा ५ कात्तिकमा एकैदिनमा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो भने दोस्रो लहरमा शुक्रबार ५ हजार ७२९ मा संक्रमण देखिएको थियो ।

गत २४ घण्टामा नेपालमा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।