आजदेखि उपत्यकामा बैंक तथा वित्तीय संस्था दैनिक चार घण्टा मात्र खुल्ने

१६ वैशाख, काठमाण्डौ। आजदेखि काठमाण्डौ उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुला हुने भएका छन्। निषेधाज्ञा लागेका उपत्यकाका तीन जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएको हो ।

राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलमा यो सहमति भएको छ । कोरोनाको संक्रमणको अवस्थालाई हेरेर पछि निर्णय गरिने बताइएको छ ।

बैंकका एटीम भने साविककै जस्तै खुला रहने छन् ।

[sidebar name="button post"]