१५ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ ।
[sidebar name="button post"]









