१४ वैशाख, काठमाण्डौ। कोरोना संक्रमण दिनप्रतिदिन उच्च देखिएको काठमाण्डौ उपत्यकासहित देशका विभिन्न नौ जिल्लामा सरकारले निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा जारी भएसंगै आन्तरिक उडान तर्फ धेरै गन्तव्यको लागि टिकट नै पाइन छाडेको छ भने टिकट बाँकी रहेका गन्तव्यको पनि भाडा उच्च बिन्दुमा पुगेको छ ।
धनगढी उडानको लागि भाडा ११ हजार ६ सय ८५ पुगेको छ । केही दिनअघि तीनहजार सम्म टिकट पाइने नेपालगञ्जको हवाई भाडा १० हजार रुपैयाँसम्म र विराटनगरको ७२ सयसम्म पुगेको छ । यस्तै आइतवारसम्म दुई हजार रुपैयाँबाट रहेको पोखराको भाडा बढेर ४८ सय नाघेको छ । यस्तै भैरहवाको ६ हजार बढी पुगेको छ । टिकट पाउन मुस्किल छ ।
सार्वजनिक र निजी सवारी साधानमा रोक लगाइए पनि हवाइ उडानमा भने एक हप्तासम्म हेर्ने र अवस्थाको मूल्याङ्कन गरेर उडान जारी राख्ने या रोक्ने विषयमा निर्णय लिने सरकारले वताएको छ ।









