एकैदिन यति धेरैमा संक्रमण पुष्टि, आज कति थपिए नेपालमा कोरोना संक्रमित ?

१३ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्ल्लो २४ घण्टामा थप ३ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ३ हजार ५५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३७८ छ।

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै ३ हजार १७६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

[sidebar name="button post"]