उज्यालो नेटवर्क डटकमका दुईजना पत्रकार पक्राउ

१२ वैशाख, काठमाण्डौ। उज्यालो नेटवर्क डटकमका दुईजना पत्रकार आज आइतबार पक्राउ परेका छन्। प्रहरीले कार्यालयमै पुगेर अनिश भन्ने श्यामबहादुर तामाङ र प्रभात भन्ने दुर्गालाल तामाङलाई पक्राउ गरेको हो।

उक्त अनलाइनले केही दिनअघि भारतको गुप्तचरी संस्था रअका प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच ४ बुँदे सहमति भएको भन्दै समाचार प्रकाशन गरेको थियो।

त्यसपछि गलत समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिलले अनलाइनलाई स्पष्टीकरण सोधेको थियो उक्त अनलाइनले असावधानीवश समाचार प्रकाशन भएको भन्दै क्षमा मागेको थियो।

प्रहरीले उनीहरुलाई राज्यविरुद्धको लिखतसम्बन्धी कसूरको आरोपमा पक्राउ गरेको बताइएको छ।

[sidebar name="button post"]