रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा चार करोड रुपैयाँको बीमा रकम हस्तान्तरण

८ वैशाख, काठमाण्डौ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा क्षेत्रकै ठूलो दाबी भुक्तानी गरेको छ ।

कञ्चनपुरका हरि पन्तले २०७६ साल असोजमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुलभ बीमा योजना अन्तर्गत चार करोड सावधिक बीमा गरेका थिए । उनले बीमा बापतको रकम पहिलो किस्ता बापत सात लाख रुपैयाँ प्रिमियम तिरेका थिए । पन्तको बीमा गरेको एक महिनापछि २०७६ कात्तिकमा मृत्यु भयो ।

बुधवार एक कार्यक्रम आयोजना गरेर कम्पनीको नियम अनुसार मृतककी श्रीमती पारुदेवि पन्तलाई बीमा बापतको रकम चार करोडको चेक हस्तान्तरण गरिएको हो । बीमा भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, बीमा समितिको कार्यकारी निर्देशक राजु रमन पौडेल लगायतको उपस्थित रहेको थियो ।

[sidebar name="button post"]