७ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जन संख्या मन्त्रालयले जानाएको छ ।यससँगै नेपालमा २ लाख ८७ हजार ५६७ जना संक्रमित पुगेका छन् ।
गत २४ घण्टामा २५१ जना निको भएका छन् । नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ ।
गत २४ घण्टामा ११ जनाको मृत्यु भएकाे मन्त्रालयले जनाएको छ । नेपालमा मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना रहेको छ । नेपालमा ५ हजार ६५९ जना आइसोलेसनमा रहेका छन् ।












