६ वैशाख, काठमाण्डौ। कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि अब मास्क नलगाई सार्वजनिक यातायातका साधनमा यात्रा गर्न नपाईने भएको छ ।
कोरोना भाइरस महामारीको जाखिम बढेपछि सरकारले यस्तो निर्णय गरेको हो। सार्वजनिक यातायातमा यात्रुका साथै चालक तथा सहचालकले अनिवार्य रुपमा मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्ने सरकारले जनाएको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा यात्रु राख्न नपाइने, सवारीसाधनलाई दैनिक निःसंक्रमित गर्नुपर्ने, मास्क नलगाउनेलाई गाडीमा चढ्नै नदिने निर्णय भएको बताएका छन् ।
उनका अनुसार मास्क नलगाई यात्रा गर्न खोजेमा बढीमा १० रुपैयाँ लिई मास्क उपलब्ध गराउन चालक तथा सहचालकलाई आग्रह गरिएको छ। यसैगरी लामो दुरीमा बीच बाटोमा थप यात्रु चढाउन नपाइने भएको छ भने आन्तरिक हवाई उडानमा पनि सबै यात्रुका लागि मास्क तथा स्यानिटाइज अनिवार्य व्यवस्था गर्न सरकारले निर्देशन दिएको छ।












