Ad #144479

६ वैशाख ,काठमाण्डौ। बढ्दो कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी आदेश जारी गरिने भएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले ‘नयाँ भेरिएन्ट कोभिड-१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गर्ने निर्णय गरेको निर्णय लिएको हाे ।

आदेशमा भीडभाड नगर्ने, २५ जनाभन्दा बढी भेला हुन नपाउने, सभाजुलुसहरू नगर्नेलगायत समेटिने छ । यस्तै सरकारले शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ। सो समयमा भर्चुअलरूपमा पठनपाठन गर्न पनि निर्देशन दिएको छ।

कोभिड-१९ को संक्रमणदर बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को आजको बैठकले आदेश जारी गर्ने निर्णय लिएको हो । केही शहरमा संक्रमणको बढ्दो गति देखिएपछि विद्यालयहरूलाई अनलाइन वा वैकल्पिक माध्यमबाट ‘क्लास’ लिनुपर्ने व्यवस्था पनि मन्त्रिपरिषदकाे बैठकले निर्णय गरेकाे छ ।