Ad #144479

१ बैशाख, काठमाण्डौ। प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गुल्मीबाट प्युठानको स्वर्गद्वनरी जाँदै गरेको लु१ज १६५५ नं. को रिजर्भ जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना भएको हो । दृर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । एक दर्जन बढी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मृतकको सनाखत अझै हुन सकेको छैन । जीपमा सवार १२ जनालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा पठाइएको छ । दुर्घटनास्थल स्वर्गद्वारी नजिकै पर्दछ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।