सोमबार १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

२९ चैत्र, काठमाण्डौ। नेपाल राष्ट्र बैंकले रु १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत सोमबार उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागिएको जनाएको छ ।

त्यसमा रु आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि हो ।

सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही चैत २३ गतेसमेत रु २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।


  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares