नागर्जुनको जंगलमा आगलागी, दमकलले मात्रै डढेलो नियन्त्रणमा आउन सकेन, हेलिकप्टरबाट पनि पानी खसाल्ने तयारी

२९ चैत्र, काठमाण्डौ। काठमाण्डौको पश्चिम उत्तरतर्फ पर्ने शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ।

आइतबार दिँउसो डढेलो लागेपछि नियन्त्रणमा लिनका लागि काठमाण्डौ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा पुगेको प्रहरीले जनाएको छ।

दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्दै आगो निभाउन हेलिकप्टरबाट पनि पानी खसाल्ने तयारी गरिएको छ ।

आगलागीको विस्तृत विवरण आउन बाँकी छ।

[sidebar name="button post"]