प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानी प्रमको स्वास्थ्यलाभको कामना
७ चैत्र, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सुस्वास्थ्य र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज बेलुकी ट्वीट गरी सो कामना गर्नुभएको हो ।