७ चैत्र, मनाङ। मनाङको मर्स्याङ्दी नदीमा ट्रक खस्दा तीन जनाको मृत्यु भएको छ। शनिबार दिउँसो साढे ३ बजे नासो गाउँपालिका-३ खोत्रोमा सिमेन्ट लोड गरेर लम्जुङबाट चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक मर्स्याङ्दी नदीमा खसेको हो।
मृत्यु हुनेमा नासो गाउँपालिका ४ ओडार बस्ने ३५ वर्षीया मनिषा गुरूङ, ३६ वर्षीया लालकाशी गुरूङ र अन्दाजी ६/७ वर्षीय थिउन गुरूङ रहेका छन्।
उकालो चढ्नेक्रममा अनियन्त्रित हुँदै ब्याक भएर खोलामा ट्रक खसेको हुनसक्ने प्रहरीले जनाएको छ। ट्रक खस्दा तीन जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि एम्बुलेन्समार्फत लम्जुङ पठाइएको छ।
प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
[sidebar name="button post"]











