सुनसान साँखुको बज्रयोगिनी मन्दिर (फोटो फिचर)

फोटो प्रल्हाद अधिकारी

काठमाडौँबाट २० किलो मिटर टाढा रहेको साँखुको बज्रयोगिनी मन्दिरअहिले सुनसान छ । यो मन्दिर धार्मिक तथा पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

भगवान बुद्धको तपस्याबाट प्रसन्न भई प्रकट भएकी पार्वती नै बज्रयोगिनी हुन । यहाँ बौद्ध र हिन्दु परम्पराअनुसार देवीको पूजा गरिन्छ । उपत्यका र वरिपरि जिल्लाका भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्छन् । साँखुको बज्रयोगिनी मन्दिर प्राचिन मन्दिर हो, यो मन्दिर साँखु बासिहरुको आस्था र स्रदाको केन्द्र बिन्दु हो । प्राचीन समयदेखि यो मन्दिर प्रख्यात छ ।

यहाँ गएर भगवतीको दर्शन गर्नाले मनोकामना पूर्ण हुने, दुःख पीडा नष्ट हुने, वर्षौदेखिका अधुरा काम बन्ने, सन्तानहरुलाई सुख प्राप्ती हुने जनविश्वास रहि आएको छ । यस मन्दिरमा हजारौं भक्तजनहरु दर्शन गर्न आउँछन् । यस मन्दिर परिसरमा अनेकौ देवी देवता रहेको छ ।

यो मन्दिर धार्मिक तथा पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । प्यागोडा शैलीमा निर्माण गरिएको बज्रयोगिनीको यो मन्दिर लगभग ५ सय वर्ष पुरानो भएको मन्दिर परिसरमा राखिएका राजा प्रताप मल्ल शिलापत्रमा उल्लेख गरिएको छ ।

[sidebar name="button post"]