असोज १३ , काठमाण्डौ। सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको राजधानीमा मंगलबार बिहान ९ सय वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।
जोरबिजोर नियम पालना नभएको व्यापक गुनासो आएपछि हामीले चेकजाँच बढाउँदा धेरै सवारीसाधन नियन्त्रणमा लिइएका छन्। नियन्त्रणमा लिएका धेरैजसो मोटरसाइकल छन्।
जोरबिजोर नियम उल्लंघन गरेको आरोपमा महानगरीय ट्राफिक महाशाखाले ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई सम्बन्धित चेक प्वाइन्टमै ‘होल्ड’ गरेर राखिएको छ।












