रातो मच्छिन्द्रनाथको मूर्तिलाई भदौ २९ गते बुंगमती लैजाने साइत जुर्यो

२२ भाद्र , काठमाण्डौ। रातो मच्छिन्द्रनाथको मूर्तिलाई भदौ २९ गते बुंगमती लैजाने साइत जुरेको छ । आज विहान मंगलबजारको मणिमण्डप पाटीमा मच्छिन्द्रनाथको ज्योतिषहरुले मूर्तिलाई बुंगमती फिर्ता लैजाने साइत निकालेका हुन् ।

भदौ २९ गते मच्छिन्द्रनाथलाई बुंगमती लैजाने साइत जुरेको दैवज्ञ ज्योतिष कीर्तिकिरण जोशीले उज्यालोलाई बताउनु भयो । कोरोनाको जोखिमका कारण रातो मच्छिन्द्रनाथको रथजात्रालाई छोट्टयाउने सहमती अनुसार आज साइत हेरिएको हो ।

हिजो रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको थियो भने आज ललितपुरका स्थानीयबासीले जात्राको परम्परा अनुसार भुज्या मनाइरहेका छन् ।

२९ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती प्रस्थान गरिनेछ भने त्यस्को चौथो दिनमा असोज १ गते विचा पुजाससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।

[sidebar name="button post"]