Ad #144479

अजय खत्री
साउन १६ , काठमाडौं । मेलम्ची भोताङ्ग सडक खण्ड अन्तरगतको नेशनल हाइड्रो पावर द्धारा संचालित इन्द्रावती तेश्रो जलबिद्युत आयोजनाको ड्याम साइडमा गएको पहिरोको कारण आयोजनाको मुख्य गेट, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवाफाल्ने) तथा पोखरीलाई पुर्ण रुपमाक्षति पु¥याएको छ ।

पाँचपोखरी थाङपाल ८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको ड्याममा गएराति २ बजे तिर पहिरो खसेकोे थियो ।

निरन्तरको बर्षा र मेलम्ची भोताङ्ग सडक खण्ड विस्तारको कामले पहिरो खस्दा हाइड्रो पावरका साथै तिपेनीबजार तथा पहिरो माथिको मानब बस्ती समेत जोखिममा परेको छ भने मेलम्ची भोताङ्ग सडक खण्ड पूर्णरुमा रोकिएको स्थानिय समाजसेवि निर्मल बन्जाराले बताउनुभयो ।