थली–साँखु सडकखण्डमा स्थानीयको अवरोध, सवारी आवागमन बन्द

स्थानीयले आज पनि अवरोध गर्दा थली–साँखु सडकखण्डमा सवारी आवागमन बन्द भएको छ । सडक पिच गर्न माग गर्दै सडकमा अवरोध गरेपछि सवारी आवगमन हुन नसकेको हो ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टराईले थली–साँखु सडकखण्डमा आज पनि सवारी साधन चल्न नसकेको बताए ।

उनले सडक पिचको माग राखेर स्थानीयको गरेको अवरोधका कारण सवारी साधनलाई मुलपानीबाट ब्रह्मखेल हुँदै आउने जाने व्यवस्था गरिएको छ ।

डाँछीबाट सुन्दरीजल, गोकर्ण हुँदै जोरपाटीको बाटो पनि वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकले आग्रह गरेको छ । सो सडकखण्ड लामो समयदेखि पिच हुन सकेको छैन । पटक–पटक स्थानीयले विरोध गर्दै आएका छन् ।

[sidebar name="button post"]