कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ स्थित बाल गीताञ्जली स्कुलको प्राङ्गणमा नेसनल ओपन स्काउट क्र्यूले तिहार २०७९ को उपलक्ष्यमा अआयोजना गरेको शुभकामना आदान प्रदान एवम् देउसी भैलो कार्यक्रम बिविध साँस्कृतिक कार्यक्रमहरु सहित सम्पन्न भएको छ ।
कागेश्वरी मनोहरा पालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतित्थ्यतामा तथा क्र्यूका अध्यक्ष महेन्द्रराज घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कागेश्वरी मनोहरा पालिकाकी नगर उप प्रमुख शान्ता थापा लगायत पूर्व सभामुख ओनसरी घर्ती, बिभिन्न राजनितिक दल एवम् स्वतन्त्र रुपले प्रतिनिधी सभा तथा प्रदेश सभामा उम्मेदवार बन्नु भएका काठमाडौं क्षेत्र नम्बर २ का प्राय जसो सबै उम्मेदवार हरुको उपस्थितिले कार्यक्रम एउटा साझा थलोको रुपमा परिणत भएको थियो ।
नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रविन दाहाल तथा राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक एवम् स्काउटर हरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा उपस्थित सबैलाई क्र्यूका संस्थापक रोभर लिडर एवम् नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरीले स्काउटिङ अभियान लाई सम्पुर्ण नेपाली हरुको मन र मश्तिष्कमा पुर्याउन आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने कुरालाई जोड दिनु भयो ।
नगर प्रमुख उपेन्द्र कार्की तथा नगर उप प्रमुख शान्ता थापा एवम् नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रविन दाहालज्यू हरुले शुभकामना मन्तव्य दिदै स्काउटिङ अभियान लाई आ–आफ्नो क्षेत्रबाट प्रवर्धन गरिने समेत उद्घोष गर्नुभयो ।
दल समिती सदस्य तिर्थराज घिमिरेले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा राष्ट्रिय कलाकार घनश्याम गौतम (नक्कली प्रचण्ड), सुरेश पराजुली (नक्कली केपी वली), कुमारमणि गजुरेल तथा बिभिन्न विद्यालयबाट सद्भाव नृत्यको लागी आउनु भएका स्काउटका विद्यार्थी भाई बहिनिहरु एवम् क्र्यूका रोभर रेन्जर र लिडरहरुको बिभिन्न जातजातीहरुको प्रतिनिधी मूलक बेजोड साँस्कृतिक प्रश्तुतिहरुले कार्यक्रमलाई करिब ५ घण्टा सम्म १००० भन्दा बढी संख्यमा रहेका दर्शकहरुलाई कार्यक्रम स्थलमा टिकाई राख्न सफल रह्यो ।
रेन्जर लिडर द्वय एन्जिला सुनुवार र सफला दाहालको संम्योजनमा निर्देशित उक्त कार्यक्रममा बिभिन्न विद्यालयका प्रिन्सिपल, समाजका लब्धप्रतिष्ठ व्यक्तीहरुको बाक्लो उपस्थितीलाई कलाकार दिपक तामाङको समुहले देउसी भैलो भट्याउने कार्यलाई आकर्षक ढंगले प्रश्तुत गर्दै उपस्थित दर्शकहरुलाई छमछमी नचाएको थियो ।
आमन्त्रित एक्स ब्याण्डका कलाकारहरु तथा भ्वाईस अफ नेपालमा प्रतिनिधित्व गरिसक्नु भएकी बाल कलाकार उपमा थपलियाको प्रश्तुतिले थप रौनक प्रदान गरेको थियो ।
कार्यक्रममा उपस्थित बिभिन्न् महानुभावहरुले स्काउटिङ प्रबर्दनका लागी देउसी भैलो मार्फत आर्थिक सहायता समेत गर्नु भएको कुरा क्र्यूकी कोषाध्यक्ष एवम् रेन्जर लिडर सविना कार्कीले जानकारी गराउनु भयो ।