मालपोतमा आलोपालो प्रणाली हट्यो

२१ भदौ, सिन्धुपाल्चोक। मालपोत कार्यालय सिन्धुपाल्चोकले आलोपालो प्रणाली हटाएको छ । कोरोना महामारीको कारण भीडभाड कम गर्न कार्यालयले सो प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।

प्रमुख मालपोत अधिकृत चण्डीप्रसाल कोइरालाद्वारा आइतबार जारी विज्ञप्तिमा आलोपालो प्रणाली हटाएको जनाइएको छ ।