श्री चाँपावोट माध्यमिक विद्यालयको ४० औँ बार्षिक उत्सवमा विद्यालयकै इतिहासमा पहिलो पटक’अङ्कुर’ नामक स्मारिका विमोचन

प्रल्हाद अधिकारी

१४ फागुन, काठमाण्डौ। काठमाण्डौको शंखरापूर नगरपालिका वडा नं १ चाँपावोटस्थित श्री चाँपावोट माध्यमिक विद्यालयले आज ४० औँ बार्षिक उत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम मनाउंदै छ ।

सो कार्यक्रममा प्रमुख अतिथि शङ्खरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले विद्यालय कै इतिहासमा पहिलो पटक ‘अङ्कुर ‘ नामको स्मारिका विमोचन गर्नुभएको हो ।

उक्त स्मारिकामा विद्यालय स्थापना काल देखि इतिहास झल्काउने फोटोहरु राखिएको छ। साथै यस स्मारिकामा विद्यालय व्यवस्थापनमा समितिका अध्यक्ष पूर्णमान लामाको लेख साथै विद्यालयमा अध्यापनरत शिक्षक, अध्यनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुको लेख रचना समेत राखिएको छ।

‘अङ्कुर’ स्मारिका भित्र श्री चाँपावोट माध्यमिक विद्यालयको सुरुवात काल देखि अहिलेसम्मको सम्पूर्ण कुराहरु पढ्न सकिने छ।