मेलम्चीकाे पानी आएपनि हामीलाई पुग्दैन

  • 141
  •  
  •  
  •  
  •  
  •  
  •  
    141
    Shares

के मैले मेलम्चीको पानी जनताले खाएको देख्न पाउँला त ? विगत चार वर्ष पहिला बजारमा मेलम्चीको हल्ला चल्यो । पानी व्यवसायीहरूलाई बैंकले समेत ऋण दिन बाट वञ्चित गरेको छ । अहिले सम्म लागु नै छ । बैंकले पानी व्यवसायीहरूलाई ऋण दिंदैन धर्मसत्य कुरा हो।

काठमाडौं उपत्यकाका जनतालाई खानेपानीको जिम्मा लिई बस्ने खानेपानी तथा ढल निकास हो । यसको साथ साथै महानगरपालिकाको पनि त्यक्तिकै जिम्बेवारी देखिन्छ । विगत २८ वर्ष पहिला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ज्यूले कस्तो साइतमा कस्को कुरा सुनी मेलम्ची खानेपानी योजना ल्याउनुभएको कहिल्यै पुरा भएन ।

अहिलेसम्म पनि नेपाली जनताले विश्वास नै गर्न सकेका छैनन । के विश्वास गर्लान् । हाल रहेको सरकारको त विश्वास गर्न गाह्रो छ । विगत दुई वर्ष पहिला म मेलम्ची खानेपानी आयोजनाको ड्याममा पुगेको थिए । मलाई अचम्म लाग्यो यस्तो ठूलो योजनामा अरबौं अरबको आयोजना तर मेलम्ची खोलामा बगेको पानी हेर्दा मेरो घरको कुलो बगेको जस्तो पनि छैन । यो योजनाले काठमाडौंको आपूर्ति हुन्न भन्ने ठोकुवा गरें ।

उक्त योजनाको पानीले वर्षको ५,६ महिनाको लागि हरेक दिन १० देखि १२ करोड लिटर पानी सुन्दरीजल आइपुग्ला । बाँकी ५, ६ महिना त्यही हालत । त्यही भूमिगत पानीकै भर पर्नुपर्ने देखिन्छ । एकपल्ट अचानक त्रिपुरेश्वर स्थित एउटा पाना सम्बन्धी प्रर्दसनी भएको थियो ।

उक्त प्रर्दशनीमा मेलम्ची योजनाको स्टल र मेरो स्टल संगै परेको बेला मैले मेलम्ची योजनाको इन्जीनियर ज्यूसँग मेरो भेट भयो मैले इन्जिनियर ज्यूसंग कुरा गर्ने मौका पाए । कुराकानीमा खानेपानी सम्बन्धी उठाए, तपाईहरूको योजनाको निरिक्षण गर्दा काठमाडौंमा प्रतिदिन १०, १२ करोड़ लिटर मात्रको क्षमता देखिन्छ । ४०, ५० करोड लिटर कसरी पुरा गर्न हुन्छ भनी सोध्दा नीज इन्जिनियर ज्यले हाम्रो योजना अन्तर्गत मेलम्ची मात्र होइन अर्को १० किलोमिटर सुरुङ खन्न बाँकी छ, । उक्त सुरुङ खनेपछि इन्द्रवतीमा बगेको पानी भेटिन्छ ।

त्यो पानी ल्याएपछि मात्र हाम्रो योजना पुरा हुन्छ । म त छक्क भएँ २७ किलोमिटर सुरुङ खन्न २७ वर्ष नै लाग्यो अर्को १० किलो मिटर सुरुङ खन्न अर्को दस वर्ष नै लाग्नेभयो त्यो योजना हेर्न पाउँला जस्तो लागेन । अनि त्यतिखेर मैले सोचें अब काठमाडौंमा पानीको आवश्यकता पूरा गर्न भूमिगत पानी बाहेक विकल्प छैन जस्तो लागेको थियो तर खानेपानी योजनाले प्रयास गरेको खण्डमा आपूर्ति हुन सक्ने देखिन्छ ।

विगत केही वर्ष पहिला काठमाडौंकी सासंद हिसिला यमीले एउटा पत्रिकामा लेख लेख्नुभएको थियो । काठमाडौँको लागि मेलम्ची चाँहिदैन भन्ने उक्त लेख मैले पढेको थिएँ । काठमाडौँको उत्तरी भेग भन्नाले ककनी देखि लप्सीफेदीसम्मको र सुन्दरीजल, मातातीर्थको मुहान, गोदावरीको मुहान सबै ठाउँको पानीलाई रि्जभ ट्याङ्क गरेर बनाएको खण्डमा अहिले पनि उपत्यकाको लागि पानी पुग्ने देखिन्छ ।

खाली मेलम्चीको आशा आखिर मेलम्चीबाट कुनै हालतमा पनि आपूर्ति हुने देखिन्दैन । फेरि किन अर्को प्रयास गर्नेतर्फ ध्यान नदिएको होला । खाली कमीसन कहाँबाट आउँछ भन्ने ध्यान बाहेक अरू सोच नै देखिन्न । तपाईहरूलाई खाली कमीसनको खोजी छ भने टेण्डर कल गर्नहोस तपाईंहरूले पानी किन्नको लागि टेण्डर

गर्नुहोस् अथवा सप्लाई रिजर्भ ट्याङक स्रोत को खोजीको टेण्डरबाट खानुस् कमीसन । जनताले शुद्ध मुहान झरनाको शद्ध पानी खान पाउने छन । काठमाडौंको ग्राउण्ड बाटर खानुपर्ने छैनन भन्ने आशा गर्दछु । अहिले नेपाली जनताले बोरिङको पानी प्रति एक लिटरको एक रुपैयाँ तिरेर खान बाध्य छन् त्यो पनि गुणस्तरहीन पानी। मुहान, झरनाको पानी काठमाडौंको जनतालाई ख्वाउने व्यवस्था गर्नहोस कमीसन पनि खानुहोस् ।

सके संस्थानबाट नै गर्नुहोस् नसके टेण्डरबाट भए पनि शुद्ध पानी ख्वाउनुहोस् तपाईहरूलाई अति धर्म लाग्छ । यसै काठमाडौंको उत्तर भेगमा जरुवा पानीको खोजी गर्ने कार्यमा लाग्नुहोस् । खाली जागिर बचाऊने तर्फ नलाग्नुहोस देश र जनताको सेवा गर्न खाएको जागिर अब धेरै दिन छैन छिटो भन्दा छिटो पानी ख्वाउने कार्यमा लाग्नुहोस् । अब जनताले थाहा पाइसके, तपाईंहरूको काम कर्तव्य नबिर्सनुहोस् ।

ठूलाबडालाई चाकडी गर्ने दिन गयो सबैले बुझिसकेको छ । अब जनता उठिसके मात्र तपाईंहरूकहाँ पुग्न बाँकी छ। खबरदार ! पानी ख्वाउनुहोस खान नपाएको झोंक तपाईंहरू माथि पोख्लान ! मेलम्चीको पानी ०७७ असार २४ गते ट्रायल गरेको मिति । काठमाडौंको जनतालाई प्रत्येक दिन ५१ करोड लिटरको आवश्यकता । आजको मितिमा मेलम्चीबाट हरेक दिन १७ करोड लिटर पठाउने योजना छ । अर्को ३४ करोड लिटरको लागि अर्को १० किलोमिटर सुरुङ खन्नपर्ने भन्छन् । २८ किलोमिटर खन्न ३० वर्ष लाग्या अर्को १० किलोमिटर खन्न अर्को दस वर्ष नै कुर्नुपर्ने, अर्को दस वर्षमा फोरे थप १० करोड लिटरको

आवश्यकता पर्ने देखिन्छ । हाल मेलम्चीबाट १७ करोड पठाइसकेपछि काठमाडौं भित्र प्रत्येक दिन हाल २५ करोड लिटर पानी उद्योगीहरूबाट आपूर्ति गर्नु पर्ने जानकारी गर्दैछु । हरेक दिन पानी ट्याङ्कर जार र बोतलबाट प्रत्येक दिन २५ करोड लिटर आपूर्ति नै गर्नुपर्ने देखिन्छ ।

तर नेपाल सरकार खानेपानी मन्त्रालयका मन्त्री, कर्मचारीहरू खाली मेलम्ची बाहेकका अरू उत्तर भेगबाट जम्मा गर्ने, खोजी गर्ने ठाउँ ठाउँमा रिजर्भ ट्याङ्क बनाउने, त्यत्तिकै खेर गइरहेको पानीलाई ल्याउने कोशीस नै गर्दैनन् । नेपाली जनताले राम्रो पानी खान अर्को १० वर्ष कुराउने नै भो जस्तो लाग्छ। एकपल्ट भु. पु. सासंद हिसिला यमीज्यले पत्रपत्रिकामा प्रकाशित गर्नुभएको थियो, ‘काठमाडौंको जनतालाई पुग्ने पानी उत्तर भेगबाट पुग्ने छ ।’ भन्नुभएको थियो ।


  • 141
  •  
  •  
  •  
  •  
  •  
  •  
    141
    Shares