दुरिले टाढा र आत्मियतामा नजिकको मान्छे सब्बु : मेरो मात्रै होईन त्यहाँ तिमिले तिम्रो पनि केयर गर्नु है

समिता श्रेष्ठ

कोहि मान्छे यति धेरै राम्रो पनि कसरी हुन्छ होला जब जब तिमी लाई देख्छु अनि सोच्ने गर्छु । म अरु धेरै कुरामा अभागी भए पनि तिमी जस्तो साथीको साथ पाएको छु यसमा धेरै नै भाग्यमानी रहेको आभास गर्ने गर्छु।

रुपको सुन्दरता भएकाहरु मनको सफा हुन्नन भन्ने सुनेको थिएँ तर तिमी त रुपको मात्रै होईन मनको त झनै राम्री मान्छे उम्म राम्रो मान्छे त जहाँ नि भेट्नु सकिन्छ तर तिमी जस्तो मनको पनि राम्रो मान्छे अन्त काहिँ पाउनु सक्दिन आज तिमीसंग हुनु खुब मन लागेको छ ।

अनि तिमीसंगै न भएनी मन त तिमीसंगै छ भनेर भावनामा तिम्रो डुब्दै छु दुखसंग खुशी साट्नु मिल्ने भए मेरो भागको खुशी तिमीलाई मिलोस अनि तिम्रो पिडा सब मलाई तिम्रो पीडाले मुटु धेरै नै दुख्छ मेरो तिमी जहिले भन्छौ म कति प्यारी छु अनि त्यै भएर मलाई धेरै माया गर्छौ भनेर अनि तिमी नै भन्ने गर्छौ ।

तिमीलाई धेरै माया न गर भनेर तिमीलाई त थाहा नै होला जे दियौ त्यही पाउने गर्छौ भनेर तिमी माया बाड्ने मान्छे तिमीलाई मायाको बदला पीडा कसरी दिन सक्छु र म, म त पीडा दिनेको नि खुशी चाहाने मान्छे झन तिमि त मेरो हरेक दुख र आँसुको साथी तिमी जस्तो साथी लाई कोहि माया न गरि कसरी पो बस्न सक्छ होला तिम्रो र मेरो हाम्रो मित्रता छोटो नै सहि तर मनदेखिको हो अनि तिम्रो नाम मात्रै होइन तिमी मेरो हृदयको नै सबै भन्दा प्यारो मान्छे मध्ये को एक हौ तिमीसंग जब जब आफ्ना सुख दुःख साट्छु नि मन हल्का हुन्छ मेरो  ।

पीडा नै भएको मन पनि शान्त हुन्छ मेरो खै के जादु छ तिमीमा त्यस्तो तिमीमा हराउने गर्छु म तिमी किन यति धेरै राम्री छौ अनि आफू पिडा सहेर मेरो खुशीको लागि पीडालाई लुकाएर मुस्कुराउ छौ तिम्रो स्वभाव ,तिम्रो हरेक कुराहरु पलपल याद आउँछ ।

मेरो जिन्दगीको अब यो यात्राहरुमा सधैं तिम्रो साथ होस् अन्तिम सास सम्म तिम्रो त्यो हात मेरो हात मै होस् ईच्छा अब यति मात्रै छ सासले पनि साथ त्यति सम्म मात्रै दिओस जति साथ तिम्रो मिलोस तिम्रो र मेरो बिच भौतिक दुरि त निक्कै नै होला तर आत्मीयता भने निक्कै नै नजिकको छ ।

तिमी मेरो मनैमा छौ र सधैं सधै हुने छौ जब सम्म सास छ नि तिमी र तिम्रो साथ होस न शब्दमा व्यक्त गरेर गर्नु सक्छु तिम्रो माया लाई न म बयान गर्ने शब्द नै पाउँछु मेरो मायालाई जिन्दगीका यात्राहरुमा अनेकौं साथीहरुको साथ पाएको छु तर तिमी जस्तो साथी सायदै कोहि होला अब मबाट कहिले टाढा न हुनु है तिमी र तिम्रो माया सधैं मेरो मुटुमा रहने छ

सब्बु धेरै साथीहरू बनेर गए जिन्दगीका यात्राहरुमा केही पल आफ्नोपन देखाए केहि पाईलासंगै हिडेर गाएब भए। ती साथीहरू कतिको त नाम पनि भुली सके तर सबु तिम्रो नाम म कहिले पनि भुल्नु सक्दिन । ती सबै साथीभन्दा निकै भिन्न छौ तिमी स्वार्थ र घमण्डले भरिएको यो संसारमा निस्वार्थ मित्रता निभाउन कोहि तिमीबाट सिकोस।

घमण्ड भन्दा माथी मित्रतालाई राख्न तिमीबाट जानोस। तिम्रो मित्रता र न्यानो मायाको वर्णन गर्नु कमनै पर्ने गर्दछन ती शब्दकोषमा भएका शब्दहरु पनि तिमी जस्तो मान्छे जिन्दगीको 25 औं बसन्त सम्म आईपुग्दा भेटेको त के देखेको पनि छैन । आफ्नो मात्रै ख्याल राख्नु नजान्ने अनि आफू बाहेक अरु सबैको बारेमा सोच्ने अचम्म लाग्थ्यो । तिमी त्यो मैन जस्तो छौ सब्बु जो आफू जल्दछ र आफ्नो वरिपरि बस्ने लाई प्रकाश दिने गर्दछ ।

जो आफू भित्रमा अनेकौं पीडा लुकाएर राखेर आफ्नालाई र आफ्नो साथीहरू लाई मोटिभेट गर्ने प्रयास गर्छौ । समस्या अनेकौं आउँदा पनि समस्यालाई मात्रै समस्याको रुपमा नहेरी समस्यालाई नै अवसर र चुतौनीको रूपमा अंगाल्छौ। अनि सबै साथीहरूको समस्या पनि आफ्नै थाप्लोमा लिन्छौ ।

तिमिलाई जिन्दगीमा आएका चुतौती र समस्याहरुले निकै साहासी अनि हरेक परिस्थितिसंग सामान गर्नु सक्ने आँटिली बनाईसक्यो यो कुरा थाहा छ । तिमी जस्तो साथीको साथ पाएको छु निकै भाग्यमानी समझन्छु। तर डर लाग्छ मलाई आजभोलि धेरै नै तिम्रो त्यही स्वाभावहरुको कारणले आफ्नो कहिले केयर गर्दैनौ । जहिले मरिमेट्ने गर्छौ आफूसंग जोडिएको नाता र सम्बन्धहरुको लागि त्यसैले निकै डर लाग्छ ।

त्यसै माथी समय निकै परिवर्तनशिल भएको छ पहिले भन्दा आजभोली अनि समयसंगै परिवर्तन हुन न सकेको तिमी र म भने उस्तै नै छौँ । त्यसैले पनि डर लाग्नु सामान्य नै हो । दुबैको जिन्दगीमा चुनौती र समस्याहरु पनि दिन दुई गुणा र रात चौगुणा थपिँदै छ । दुबै बिच हार्ट टु हार्ट कनेक्सन भएर होला यो समस्याहरु पनि त्यसै गरि थपिएका ।

दुरिले टाढा र आत्मियतामा नजिकको मान्छे सबु आफ्नो ख्याल राख्नु है । मेरो मात्रै होईन त्यहाँ तिमिले तिम्रो पनि केयर गर्नु है। love u a lot सब्बु

[sidebar name="button post"]