२८ पुस,चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओको आवेदन दिने आज अन्तिम दिन । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ बिक्री बन्द हुन दिन सोमबार बेलुका सम्म साढे १० लाख बढीले आवेदन परेको छ । यो हालसम्मकै निष्कासन भएका आईपीओमा परेको उच्च आवेदन सङ्ख्या हो ।
कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि १३ लाख ९६ हजार कित्ता आईपीओ जारी गरेको थियो । उक्त दिनदेखि निष्कासन भएको आईपीओमा सोमबार साँझसम्म १० लाख ६३ हजार ८९३ वटा आवेदन परेको हो ।
कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्नेछन्। चन्द्रागिरी हिल्सको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। आईपीओ बिक्री भोलि मंगलबार बन्द हुँदै ।












