२८ पुस, धितोपत्र व्यवसायी (सेयर कारोबारी)हरुले नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाउनुपर्ने भएको छ ।
धितोपत्र बोर्डले सेयर बजार सम्बद्ध सबै पक्षको खुद नाफाबाट १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अनिवार्य रुपमा खर्च गर्नुपर्ने व्यवस्था गरेको हो ।
बोर्डले सोमबार विज्ञप्ती जारी गर्दै सो रकमबाट धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन गर्न निर्देशन दिएको छ ।












