२६ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ३ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप २ सय ५९ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता २ सय ५९ जना कोरोना संक्रमण देखिएका मध्य उदयपुरमा ३, झापामा १, भोजपुरमा १, मोरङमा ८, सुनसरीमा ४, धनुषाका २, सिराहामा ३, काठमाडौँमा ९९, काभ्रेमा १, चितवनमा ५, दोलखामा २, नुवाकोटमा ४, भक्तपुरमा ९, ललितपुरमा १८ र सिन्धुपाल्चोकमा ३, कास्कीमा ११, गोरखामा २, तनहुँमा ५, म्याग्दीमा १, बागलुङमा २, स्याङजामा २, कपिलवस्तुमा १९, दाङमा ३, नवलपरासीमा २, पाल्पामा ४, प्यूठानमा १, बाँकेमा २, रुपन्देहीमा ६, रोल्पामा २, सुर्खेतमा ३, अछाममा १०, कैलालीमा २, डढेलधुरामा ७ र बझाङमा १२ जना संक्रमित थपिएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १७ पुगेकोछ।
हाल देशभर ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।।









